काठमाडौं — इन्टरपोल सचिवालयको आयोजनामा फ्रान्सको लियोनमा सञ्चालन हुने हेड अफ एनसीबी कन्फरेन्स मा भाग लिन नेपाल प्रहरीका एआईजी दीपक थापाको टोली फ्रान्स प्रस्थान गरेको छ।

आइतबार एआईजी थापासहित एसपी कोमल शाहको टोली कन्फरेन्समा सहभागी हुन लियोनतर्फ प्रस्थान गरेको हो। कन्फरेन्समा सिनारियो अफ क्राइम अगेन्स्ट चाइल्ड लगायत अन्तर्राष्ट्रिय अपराधका विविध विषयमा छलफल हुने बताइएको छ।

इन्टरपोलका १९६ सदस्य राष्ट्रका एनसीबी (नेशनल सेन्ट्रल ब्युरो) प्रमुखहरू, इन्टरपोल महासचिव तथा अन्य पदाधिकारीहरूबीच समन्वय तथा सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।

त्यसैगरी, समसामयिक अपराध अनुसन्धानका विषय र क्षमता विकासका मुद्दामा एसिया एन्ड साउथ प्यासिफिक रिजनल राउन्ड टेबलमिटिङ समेत हुने कार्यक्रम रहेको छ। हरेक वर्ष आयोजना गरिने हेड अफ एनसीबी कन्फरेन्स यो वर्ष २०२५ फेब्रुअरी ११ देखि १३ सम्म लियोनमा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय