काठमाडौं – काठमाडौं प्रहरीले अनलाइन जुवा खेलाउने र खेलाएको अभियोगमा २३ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये भारतको बिहार राज्य, बाका घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–३ गैरीगाउँ बस्ने २२ वर्षीय वकिल कुमार यादव समेत छन्।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बुढानिलकण्ठको टोलीले आइतबार साँझ गैरीगाउँस्थित एक घरमा अनलाइन जुवा सञ्चालन भइरहेको सूचनाका आधारमा छापा मारेको थियो। प्रहरीका अनुसार, पक्राउ परेका व्यक्तिहरूबाट नगद ८१ हजार रूपैयाँ, विभिन्न कम्पनीका ८८ वटा मोबाइल फोन, र १० वटा ल्यापटप बरामद गरिएको छ।

अनुसन्धानका क्रममा उनीहरूले घर भाडामा लिएर कर्मचारी राखी अनलाइनमार्फत जुवा खेलाउने गरेको खुलेको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय