काठमाण्डौं— बाँके जिल्लाको कोहलपुरमा प्रहरीले विशेष सूचनाका आधारमा खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। नेपालगन्जस्थित लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले शनिबार राति कोहलपुर नगरपालिका–२ विकासनगरका २६ वर्षीय टीकाराम सुनार, कोहलपुर–११ की २० वर्षीया सपना सिंह ठकुरी, र कोहलपुर–२ आनन्दनगरका २७ वर्षीय चित्रबहादुर थापालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार टीकाराम र सपनालाई ६ सय मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ। उनीहरू सँगै रहेको अवस्थामा टीकारामको गोजीबाट उक्त लागुऔषध बरामद गरिएको हो। त्यस्तै, चित्रबहादुरलाई कोहलपुर–२ सालको बुटाबाट २ ग्राम ४८ मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ।

पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी इलाका प्रहरी कार्यालय कोहलपुरले थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय