काठमाण्डौं— अधिवक्ता / सामाजिक अभियन्ता राधिका खतिवडा ‘नेशनल सोशल वेलफेयर अवार्ड २०२४’ बाट सम्मानित हुनुभएको छ  । 

सिजन मिडियाको आयोजनामा उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा राष्ट्रिय नाचघर जमलमा सो अवार्ड प्रदान गरिएको हो । उनीसहित अन्य विभिन्न क्षेत्रमा योगदान पुर्याउनु भएको समाजसेवीलाई समेत सम्मान गरिएको छ । 

सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले विभिन्न पेशा र व्यवसायमा लागेर समाजमा योगदान गर्दै आएका र नितान्त समाजकै लागि भनेर अहोरात्र खटिएका व्यक्तिहरुलाई छनोट गरी उक्त अवार्ड प्रदान गरिएको जानकारी बताए । उनले यसको उद्देश्य सामाजिक अभियन्ताहरुलाई हौसला र प्रेरणा दिनका लागि रहेको बताए । 

सर्लाही जिल्लामा जन्मनु भएकी युवा बौद्धिक, सामाजिक चिन्तक र अत्यन्तै मिलनसार स्वभावकी अधिवक्ता खतिवडा लामो समय देखि वकालत गर्दै आउनु भएको छ । यसका साथै , खतिवडाले सामाजिक क्षेत्रमा धेरै नै योगदान पुर्याउदै आउनु भएको छ । उदयमान कानून व्यवसायी खतिवडा कानून र न्यायको क्षेत्रबाट महिलाको पक्षमा क्रियाशील छिन् । उनले एसीड पिडित ,एकल महिला लगाएत थुप्रै न्यायबाट बन्चित जनतालाई निशुःल्क ,स-शुल्क  कानूनी सहायता एवं परामर्श दिँदै आएका आउनु भएको छ 

सिजन मिडिया प्रा.लि. बाट प्रदान गरिएको कदर पत्रमा लेखिएको छ :- विगत एक दशकदेखि नेपालको न्याय प्रणालीमा गरिख दुःखीहरुको हक अधिकारका लागि अदालतमा परेका मुद्दाहरुको निःशुल्क पैरवी हुन्छ भन्ने भाष्य स्थापित गरी समाजमा सकारात्मक रूपान्तरणका लागि यहाँले पुऱ्याउनुभएको महत्वपूर्ण योगदान अतुलनीय प्रेरणादायी एवं प्रशंसनीय छ । यहाँको समाजप्रतिको निरख्तरको सेवाभावले समाजलाई पुगेको लाभ सदैव स्मरणीय रहिरहने छ। यहाँको यस किसिमको महत्वपूर्ण योगदानको उच्च मूल्याङ्‌कन गर्दै नेशनल सोसल वेयलफेयर अवार्ड-२०१४ प्रदान गरिएको छ। संस्था आगामी दिनमा पनि यहाँको प्रगति सु-स्वास्थ्य एवं रचनात्मक जीवनको कामना गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय