
काठमाडौँ — शान्ति सुरक्षाको सुदृढीकरणमा सक्रिय जिल्ला प्रहरी कार्यालय पर्वतले पछिल्लो समयमा फरार प्रतिवादीहरूलाई धमाधम पक्राउ गरिरहेको छ। चालू आर्थिक वर्षको पहिलो छ महिनामा पर्वत प्रहरीले देशभर फरार प्रतिवादी पक्राउ गर्ने सूचीमा दोस्रो स्थान हासिल गरेको छ भने गण्डकी प्रदेशमा पहिलो बनेको छ।
गृह मन्त्रालयले हिजो भर्चुअल बैठकमार्फत सार्वजनिक गरेको तथ्यांकअनुसार, पर्वत प्रहरीले १८१ जना फरारमध्ये ६९ जनालाई पक्राउ गर्न सफल भएको छ, जसको सफलता दर ३८.१२ प्रतिशत रहेको छ।

सबैभन्दा धेरै फरार प्रतिवादी पक्राउ गर्ने जिल्लाको सूचीमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम पहिलो स्थानमा छ। उक्त कार्यालयले २८ जना फरारमध्ये १४ जनालाई (५०%) पक्राउ गरेको छ। दोस्रो स्थानमा रहेको पर्वत प्रहरीले १८१ फरार अभियुक्तमध्ये ६९ जनालाई (३८.१२%) पक्राउ गरेको छ।
पर्वत प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन बिष्टले जिल्लाका सम्पूर्ण प्रहरी युनिटहरूको महत्त्वपूर्ण भूमिकाका कारण यो उपलब्धि सम्भव भएको बताए। साथै, उनले कानुन कार्यान्वयनमा पर्वत प्रहरी प्रतिबद्ध रहेको उल्लेख गरे।
पुष महिनासम्म धेरै प्रतिवादी पक्राउ गर्ने शीर्ष १० जिल्ला सूची




