काठमाडौं — अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनीहरूलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा कैलालीको बर्दगोरिया गाउँपालिका–६ का २२ वर्षीय माइकल डंगौरा, सोही ठाउँका २६ वर्षीय अनिल विश्वकर्मा, बुढानिलकण्ठ–८ का पियुष श्रेष्ठ, दोलखाको भीमेश्वर नगरपालिका–४ का १९ वर्षीय आश्विन चौलागाई, रौतहटको गौर नगरपालिका–९ का २२ वर्षीय सत्यमकुमार सहनी, भारतको बिहारका २७ वर्षीय रोशन कुमार र बिहारकै ३६ वर्षीय मुन्ना कुमार रहेका छन्।

प्रहरीले उनीहरूबाट २ थान कम्प्युटरको सीपीयू, १३ थान विभिन्न ब्राण्डका मोबाइल, १९ थान विभिन्न व्यक्तिका नाममा जारी बैंक चेक तथा नगद ५ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ।

३ अर्बभन्दा बढी ठगी—

डिजिटल फरेन्सिक ल्याबको रिपोर्टअनुसार, यस समूहले हालसम्म ३ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ। सीआईबीका प्रवक्ता एसपी सुधिरराज शाहीका अनुसार उनीहरूले विभिन्न व्यक्तिहरूलाई संगठित रूपमा परिचालित गरी क्रिप्टोकरेन्सी कारोबार गर्दै आएका थिए।

बैंक तथा डिजिटल वालेट प्रयोगकर्ताहरूलाई झुक्याएर आधिकारिक व्यक्ति भन्दै ओटीपी तथा पिन संकलन गरी अनधिकृत पहुँच पुर्‍याएर ठगी गरिएको पाइएको छ। साथै, सामाजिक सञ्जालमा विज्ञापन गरेर लिंक पठाई साइबर फिसिङ समेत गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

आकर्षक जागिरको प्रलोभन दिएर ठगी—

सामाजिक सञ्जालमार्फत आकर्षक जागिरको प्रलोभनमा पारी पीडितको बैंक खाता खोल्न लगाई सो खातामार्फत ठगी गरिएको रकम ट्रान्सफर गरेको खुलासा भएको छ। ठगीबाट संकलित रकम उनीहरूले क्रिप्टोकरेन्सीमा लगानी गर्नुका साथै हुण्डी कारोबारमा समेत प्रयोग गर्ने गरेको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय