
काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई आपराधिक उपद्रवसम्बन्धी मुद्दामा अनुसन्धानका लागि म्याद थप गर्न आज भक्तपुर जिल्ला अदालतमा पेस गरिने भएको छ।
आशिका हाल भक्तपुरको प्रहरी वृत्त जगातीको हिरासतमा छिन्। सोमबार काठमाडौंमा अभद्र व्यवहार मुद्दामा १० हजार रुपैयाँ धरौटीमा रिहा गरेपछि उनलाई भक्तपुर लगिएको हो। भक्तपुरमा सूर्यविनायक नगरपालिकाको उजुरीका आधारमा उनीविरुद्ध अनुसन्धान थालिएको प्रहरीका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।

उनीमाथि भक्तपुरको साँगास्थित झोलुंगे पुलमा टिकट जलाएको, दररेटको पोस्टर च्यातेको र त्यहाँका कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा उजुरी परेको छ। डीएसपी न्यौपानेका अनुसार यसै उजुरीका आधारमा थप अनुसन्धान अघि बढाइएको हो।



