काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ महाधिवेशनबाट बनेको समानान्तर कार्यसमितिका अध्यक्ष आरके शर्माले विवाद समाधानका लागि उच्चस्तरीय समितिसँग छलफलमा बस्न बद्री केसीलाई सुझाव दिएका छन्। उनले ८० लाख नेपालीको समस्यालाई प्राथमिकतामा राख्दै टेबलमा बसेर सहमतिमा पुग्न आग्रह गरे।

पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेले सर्वपक्षीय छलफलको प्रस्ताव गरेका छन्। महाधिवेशनको मिति र नेतृत्वका विषयमा विवाद चुलिँदै जाँदा संघ स्पष्ट रूपमा दुई चिरामा बाँडिने खतरा देखिएको अभियन्ता महेश श्रेष्ठले बताए।

श्रेष्ठले संघको एकताको लागि परराष्ट्र मन्त्रालयले सर्वपक्षीय गोलमेच सम्मेलन आयोजना गर्नुपर्ने र महाधिवेशनका लागि सबै पक्षलाई मान्य हुने समाधानका पाँच प्रस्ताव अघि सारेका छन्। ती प्रस्तावमा सर्वोच्च अदालतका फैसलाको सम्मान, सहमतिमा स्वतन्त्र समिति गठन, सबै मुद्दा फिर्ता, र गैरआवासीय नेपाली ऐनलाई परिमार्जन गरी एक मात्र एनआरएनए रहने व्यवस्था गर्नुपर्ने कुरा समावेश छ।

श्रेष्ठले सहमति, सहकार्य र एकताका आधारमा संघलाई जोगाउनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय