काठमाडौं— नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुर चौदण्डी नगरपालिका–६ का ३८ वर्षीय हेमराज शिवाकोटी र उनकी श्रीमती मोरङ मिक्लाजुङ गाउँपालिका–९ की ३३ वर्षीया मुना सिलवाल (शिवाकोटी) रहेका छन्।

हेमराजले आफूलाई तत्कालीन परराष्ट्रमन्त्रीको स्वकीय सचिव बताउँदै ठगी गरेको पाइएको छ। प्रहरी वृत्त, गौशालाको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

अनुसार, हेमराजले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनी कमानसिंह राईबाट २०७९ वैशाख ११ मा ७ लाख रुपैयाँ र त्यसपछि विभिन्न चरणमा १५ लाख ७६ हजार रुपैयाँ ठगी गरेका थिए। ठगी गरिएको रकमको केही हिस्सा हेमराजकी श्रीमती मुनाको खातामा जम्मा गरिएको थियो।

हेमराजले अमेरिका जान ४५ लाख खर्च हुने बताउँदै बाँकी २९ लाख २४ हजार रुपैयाँ ठीक पार्न भनेका थिए। तर, भुटानी शरणार्थी प्रकरणले चर्चा पाएको भन्दै उनले पीडितलाई ‘चुप लागेर बस्न’ भनेको जाहेरीमा उल्लेख छ। पैसा फिर्ता माग्दा आफूलाई मार्ने धम्की दिएको पनि पीडितले बताएका छन्।

जाहेरी दिने बेला नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार थियो भने परराष्ट्रमन्त्री डा. नारायण खड्का रहेका थिए। प्रतिवादी शिवाकोटी र परराष्ट्रमन्त्री खड्काको गृह जिल्ला एउटै उदयपुर हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय