
काठमाण्डौं। नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका २५ अधिकृतले बुधबार दर्ज्यानी चिन्ह लगाएका छन्। गृहसचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले २५ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको थियो । प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहबीच आईजीपी बसन्तबहादुर कुँवरले उनीहरुलाई फुली लगाइदिएका हुन् ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी वरिष्ठ रमेश थापा, अजय केसी, अनुपम शम्शेर ज.ब.रा, बीर बहादुर बुढामगर, नवराज अधिकारी, कृष्ण प्रसाद कोईराला, होबिन्द्र बोगटी, कृष्ण प्रसाद पंगेनी, गोबिन्द अधिकारी, बिनोद सिलवाल, श्याम कुमार महतो, बेद बिष्ट, शिब कुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोईराला, जनार्दन जिसी, रन्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्र प्रसाद धमला, सन्तोष सिंह राठौर, संजय सिंह थापा, बिमलराज कंडेल, महेन्द्र खड्का र प्रभु प्रसाद ढकालले एसएसपीको दर्ज्यानी चिन्ह लगाएका हुन् ।





