काठमाण्डौं – भरतपुर महानगरपालिका–११ मा सवारी चेकिङका क्रममा युवकमाथि कुटपिट गरेको आरोपमा प्रहरी सहायक निरीक्षक (प्रसनि) बुद्धिबहादुर घर्ती भुजेल निलम्बनमा परेका छन्।

कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय चितवनले उनलाई निलम्बन गरी छानबिन प्रक्रिया सुरु गरेको हो। चितवन प्रहरी प्रमुख एसपी गौतम मिश्रले प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका छन्।

प्रहरीका अनुसार कुटपिटमा परेका युवक र उनका परिवार अझै सम्पर्कमा आएका छैनन्। कुटपिटको घटना मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको आरोपमा युवक पक्राउ परेपछि भएको हो। जरिवाना तिरेर युवक भोलिपल्ट छुटेका थिए।

प्रसनि भुजेलको कारबाही प्रक्रिया छानबिन समितिको प्रतिवेदनपछि अगाडि बढ्ने प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय