काठमाडौं – सशस्त्र प्रहरी दिवसको अवसरमा हल्चोकस्थित मुख्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षको सेवा अवधिमा पेन्सन दिने कानुनी व्यवस्था गर्न लागिएको घोषणा गरेका छन्।

गृहमन्त्री लेखकले सुरक्षा निकायका ऐन र कानुनलाई सुधार्न आफूले विशेष ध्यान दिएको बताउँदै सशस्त्र प्रहरीका सम्पूर्ण अधिकृत र जवानहरूको मागलाई समेटेर नयाँ कानुन बनाइएको जानकारी दिए।

उनले सशस्त्र प्रहरी जवानहरूले लामो समयदेखि उठाउँदै आएको १६ वर्षमा अवकाश सुविधा कानुनमार्फत सुनिश्चित गरिने र सो विधेयक संघीय संसद्मा छिट्टै दर्ता गरिने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय