काठमाडौं – गायिका आस्था राउतले चितवनमा एक युवामाथि प्रहरीले गरेको निर्घात कुटपिटको कडा विरोध गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत पोस्ट गर्दै उनले यस्तो घटनाप्रति आपत्ति जनाउँदै प्रहरीको कुटपिट प्रवृत्ति बदलिनुपर्ने धारणा व्यक्त गरेकी छन्।

उनले लेखेकी छन्, “विदेशमा अपराध गरेको मानिसलाई समेत प्रहरीले हात नहाल्ने देखिन्छ, तर हाम्रो देशमा न्वारनदेखिको बल निकालेर कुटपिट गरिन्छ। कुटेरै तह लगाउने मानसिकता अब परिवर्तन गर्नुपर्छ।”

आस्था राउतले संस्कार सिकाउनका लागि पनि कुटपिट समाधान नभएको उल्लेख गर्दै यसरी कुटपिट गर्दा मानिसको मानसिक स्थिति बिग्रनुका साथै ज्यान जोखिममा पर्न सक्ने चेतावनी दिइन्।

“ठिक छ, कल गरेर बोलाउने हो भने, भ्यानमा हालेर कानुनी प्रक्रिया अघि बढाउने हो। किन निर्घात कुटपिट गर्नुपर्छ?” उनले सरकारलाई प्रश्न गर्दै भनिन्, “बोल्न नहुने कस्तो गणतन्त्र हो सरकार?”

उनले प्रहरीको यस्तो कुटपिट प्रवृत्ति नयाँ नभएको र यसमा परिवर्तनको आवश्यकता रहेको बताइन्। “यो प्रवृत्तिमा सुधार गरेर व्यावसायिकता कायम गर्न जरुरी छ,” राउतले जोड दिएकी छन्।

उनको पोस्टले प्रहरीको व्यवहारमा सुधारको माग गर्दै जनस्तरमा पुनः चर्चा सुरु गरेको छ।

उनले फेसबुकमा लेखेको स्टाटस—

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय