
काठमाडौं– प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक दिनेश कुमारआचार्यलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमासम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक आचार्यलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो।




