काठमाण्डौं। उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाउने भएको
बिहीबार काठमाडौँमा ट्राफिक प्रहरी कार्यालय यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा मजदुर ट्रेड युनियनबीच भएको छलफलमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक विनोद घिमिरेलेनो हर्ज प्लीजअभियानलाई पूर्णरुपमा लागू गर्ने बताएका हुन् उपत्यका ट्राफिक प्रहरी कार्यालयले २०७३ सालमानो हर्ज प्लीजअभियान सुरु गरेपनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन  

ट्राफिक प्रहरी प्रमुख घिमिरेले जनता चेतनामूलक कार्यक्रम गर्दै हर्न बजाउन नपाइने नियमलाई कार्यान्वयन गर्ने बताए उनले सार्वजनिक यातायातलाई व्यवस्थीत गर्न सेवाग्राहीलाई सहज सेवा दिन यातायात व्यवसायीले पनि प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखे

त्यस्तै यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मुलुकमा सबै क्षेत्रमा सुधार देखिएपनि राज्यले यातायात क्षेत्रको सुधारमा ध्यान दिन नसकेको बताए भक्तपुरदेखि काठमाडौँसम्म द्रुतबसको सेवा सुरुगरे पनि पूर्वाधारलाई ध्यान दिन नसक्दा द्रुतबस सञ्चालनमा समस्या भएको उनले बताए  उनले यातायात क्षेत्रलाईसुधार गर्नका लागि छुट्टै लेनको व्यवस्था गर्नुपर्नेमा जोड दिए

नियमले समस्या निम्त्याएको चालकको गुनासो 

काठमाडौंको सडकलाई कतिले विदेशको उदाहरण दिँदै प्रशंसा गरे भने कतिले नयाँ नेपालको परिकल्पना गरे । तर यात्रुलाई बाटो छाडेर सवारी साधन चलाउन बाध्य चालकहरु भने हर्न बजाउन नपाउने नियमले समस्या निम्त्याएको गुनासो गर्छन् ।

रत्नपार्कदेखि लगनखेलको रुटमा म्याक्रो चलाउने चालक बाबुराम खड्का हर्न बजाउन प्रतिबन्ध लगाएपछि अनावश्यक रुपमा नबजाएको बताउँछन् । अनावश्यक रुपमा हर्न बजाउन कम गरेपनि यात्रुले बाटो नछोड्दा समस्या हुने गरेको उनको भनाई छ । “हर्न बजाको छैन अहिले त, तर बाटोमा हिँड्ने मान्छेले बाटै छोड्दैनन्” – खड्काले भने । हामीले फेरी उनलाई प्रश्न गर्‍यौ – “त्यस्तो अवस्थामा के गर्नुहुन्छ ?” उनको जवाफ थियो – “अबु त्यो बेलामा त साइड लाइट बाल्छु अनि बिस्तारै चलाउँछु त्यै नै हो ।” खड्काको मात्र हैन अर्का चालक जुलाब ठकोरको भनाई पनि यस्तै छ । लगनखेलदेखि कालीमाटीको रुटमा टेम्पो चलाउने उनी यात्रुले बाटौ नै नछोड्दा हैरान भएको सुनाउँछन् ।

“मान्छेले बाटो नै छोड्दैन, अनि अप्ठ्यारो लाग्छ के, हर्न बजाउन पाउँदैन, बजायो भने फेरी ट्राफिकले समात्छ ।” – उनले टाउको कन्याउँदै भने । हामीले प्रश्न गर्न नपाउँदै उनले फेरी थपे – “राम्रो त हो हैन तर हामीलाई भने ट्याम्पु चालाउनै आली गाह्रो भइराको छ ।”

आकस्मिक सेवाका दमकल, एम्बुलेन्स, प्रहरीका साधनहरुमा भने  यो नियम लागू हुने छैन् । यसरी नियमको उल्लङ्घन गर्ने सवारी साधनमाथि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को (ग) बमोजिम कारवाही गरिने छ । हर्न प्रयोगमा लागेको प्रतिबन्ध तोडेर कुनै सवारी साधनले हर्न बजाएमा पहिलो पटक ५ सय र दोस्रो पटक एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर