काठमाण्डौं। नेपाल टेलिकमको नाम लोगो दुरुपयोग गर्दै सामाजिक सञ्जालमा स्पाम फैलिरहेको पाइएको नेपाल टेलिकमक्रिसमस गिफ्टनाम दिएर पुरस्कार दिने दाबी गर्दै स्पाम लिङ्क फैलिरहेको पाइएको हो

सञ्जालमा फैलिरहेको स्पामको डोमेन नेम पनि अर्कै रहेको सुरक्षित तरिकाले लिङ्क खोलेर हेर्दा प्रश्नको उत्तरदिएर पाँच हजार रुपैयाँ जित्न सकिने दाबी गरिएको यससँगै विश्वासिलो अफर देखाउन अन्य प्रयोगकर्तालेपुरस्कार पाएको भनेर लेखिएको

नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार कम्पनीले अहिले कुनै पनि प्रकारको क्रिसमस योजना ल्याएको छैन टेलिकमका योजना अफरबारे जानकारी लिन कम्पनीको आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट तथावेबसाइटको सहयोग लिन उनले अनुरोध गरे

साइबर सुरक्षा विज्ञका अनुसार यस्ता लिङ्कहरूमा मालवेयर वा भाइरस हुने सम्भावना धेरै हुन्छ यदि लिङ्कमाक्लिक गरियो भने ह्याकरले तपाईँको बैंक खाता, पासवर्डलगायतका संवेदनशील विवरणहरू चोरी गर्न सक्छन्

यसबाट बच्न शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस् आधिकारिक डोमेन मात्र प्रयोग गर्नुहोस् नचिनेकोअफरहरूबाट सतर्क रहनुहोस् नि:शुल्क पाइन्छ वा सस्तोमा धेरै पाइन्छ भन्ने लोभमा परेर आफ्नो व्यक्तिगत जानकारीकसैलाई पनि नदिनुहोस्

किन आउँछ यस्तो म्यासेज?

स्कामभनिने यस्ता म्यासेज मोबाइल म्यासेजको रूपमा वा इमेलको रूपमा पठाएर ठगी गर्ने गिरोह संसारभर नै हुन्छन् उपहार, पैसा ट्रान्सफर गरिदिने वा अन्य प्रलोभन देखाएर पठाउने यस्ता म्यासेजको उदेश्य प्रयोगकर्ताका संवेदनशीलसूचना हात पार्न नै हो बैंक एटिएमका विवरण प्राप्त गरेर नक्कली एटिएम बनाई पैसा चोर्न सक्ने खतरा हुन्छ यस्तागिरोहबाट

कसरी जोगिने?

अपरिचित स्वदेशी वा विदेशी नम्बरबाट आएका यस्ता म्यासेजको वास्ता गर्नु हुँदैन् यदि आफूले संवेदनशिल विवरणपठाइ सक्नु नै भएको भने क्षति हुनु भन्दा सक्दो चाँडो सुरक्षा गर्न तर्फ लाग्नु होला एटिएम वा बैंकिङको विवरणपठाएको भए तत्काल पासवर्ड सेकुरिटी कि फेर्नुहोस् इमेल वा सोसल मिडियाको विवरण भए तत्काल पासवर्डपरिवर्तन गर्नुहोस्

साभार – प्रहरी निरिक्षक पप्पु कुमार दास

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय