काठमाडौं नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरकोकाउन्टडाउनसुरु भएको

अब उनको कार्यकाल ठिक सय दिन मात्र बाँकी छ। ३० वर्षे सेवाहदका कारण उनले आगामी चैतमा अवकाश पाउनेछन्।

उनको अवकाशको मिति नजिकिदै गर्दा प्रहरीमा नयाँ नेतृत्वका लागि संघर्ष सुरु भइकसेको छ।नयाँ नेतृत्वका लागि तीन प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)बिच प्रतिस्पर्धा

जसमा दिपक थापा, सुदिप गिरी टेकबहादुर तामाङ छन् एआइजी थापा हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा कार्यरत छन् भने गिरी प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा तामाङ अपराध अनुसन्धान विभागमा कार्यरत छन्

उनीहरुमध्ये थापालाई नै भावी आईजीपीका रुपमा हेरिएको कार्यक्षमतामा पनि अब्बल रहेका थापाको सबै राजनीतिक दलको नेतृत्वसँग सुमधुर सम्बन्ध रहेकाले पनि उनलाई सबैभन्दा बलिया दाबेदार मानिएको

एआइजी गिरीको पनि कांग्रेस नेताहरुसँग घनिष्ट सम्बन्ध उनी त्यही सम्बन्ध प्रयोग गर्ने प्रयासमा छन् एआइजी तामाङ भने खासै लबिइङमा लागेका छैनन्

अहिलेकै प्रावधान अुनसार उनीहरुमध्येबाट महिनाका लागि आईजीपीमा नियुक्त हुनेछन् अर्कोतर्फ ३० वर्षे सेवाहद हटाउने सम्बन्धि प्रहरी ऐनको मस्यौदा पनि मन्त्रिपरिषद् पुगिसकेको

यदी संसदको हिउँदे अधिवेशनबाटै प्रहरी बिधेयक पास भएमा भने अहिलेकै आईजीपीको कार्यकाल लम्बिने सम्भावना समेत नेपाल प्रहरीमा सामान्यता अन्तिम दिन आएर आईजीपी बढुवाको निर्णय हुने गर्दछ

जसकारण अत्याधिक चलखेल हुने भएकाले चलखेल पनि धेरै हुने गरेको नेपाली सेनामा जस्तै अवकाशको एक महिनाअघि नै प्रमुख बिदामा बस्ने नयाँ नेतृत्व अघि बढाउनुपर्ने माग प्रहरीमा पनि उठेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय