काठमाडौं  गृहमन्त्रीस्तरको निर्णयबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट बढुवा भएका डीआईजीलाई आईजीपी वसन्तबहादुर कुवँरले आठजना प्रहरी नायव महानिरीक्षक(डीआईजी)लाई प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमका बीच मंसिर १७ गते दर्ज्यानी चिह्न लगाइदिएका थिए

तर, डीआईजीको दर्ज्यानी चिह्न लगाएका उनीहरूको पदस्थापन आठ दिन पुग्दा पनि अझै हुनसकेको छैन  एसएसपीबाट ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालकुमार श्रेष्ठ डम्बरबहादुर बिक डीआईजीमा बढुवाभएका थिए

तर, उनीहरूको पदस्थापन नहुँदा अझै एसएसपीले कमान्ड गर्ने पुरानै कार्यालयमा थन्किएका छन् प्रहरी इतिहासमै डीआईजीको दर्ज्यानी चिह्न लगाएर पनि पदस्थापन हुन यति धेरै समय लागेको योनै पहिलोपटक हो

एसएसपी दर्जाभन्दा माथिको बढुवा सरुवाको अधिकार गृहमन्त्रालयसँग हुन्छ बढुवा भएका डीआईजीहरू कसलाई कहाँ पदस्थापन गर्ने भन्नेबारे तीव्र दबाब आएपछि पदस्थापन नै रोकिएको केही बढुवा भएका डीआईजीहरू नै बताउँछन्

गृह मन्त्रालयले बढुवा भएका केही डीआईजीलाई प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी दिने तयारी गरेको सोही कारण पदस्थापन रोकिएको हो प्रहरी स्रोतका अनुसार, लुम्बिनी प्रदेश, कोसी सुदूरश्चिम प्रदेश प्रहरी प्रमुखमा हाल बढुवा भएका डीआईजीलाई पठाउने तयारी गरेको ।प्रदेशमा आफ्नो नजिकको डिआईजी पठाउन एमाले -काग्रेसका नेताहरूले दवाव दिने गरेको जानकारहरू बताउन्छन। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय