
काठमाडौं । खुँडा प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको आरोपमा गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दिपक मनाङे) दोषी ठहर भएपछि मनाङ–२ मा उपनिर्वाचन हुने भएको छ ।
सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि गण्डकी प्रदेशसभाका सांसद दिपक मनाङे (राजिब गुरुङ) पदमुक्त हुने अवस्थामा पुगेका छन् । सर्वोच्च अदालतले मनाङेलाई ५ वर्ष कैद सजाय गर्ने तत्कालीन पुनरावेदन अदालत पाटनको १२ वर्ष पुरानो फैसलालाई मंगलबार सदर गरेको हो ।

सर्वोच्च अदालतको फैसलासँगै प्रहरीले सांसद मनाङेलाई पक्राउ गरेर फैसला कार्यान्वयनका लागि कारागारमा पठाउने बाटो खुलेको छ । पाँच वर्ष कैद सजाय तोकिएका मनाङे दुई वर्ष ८ महिना कैद बसिसकेका छन् । उनले थप दुई वर्ष ४ महिना कैद सजाय भोग्न बाँकी छ ।
‘फैसला कार्यान्वयनका क्रममा सम्बन्धित व्यक्ति कारागार चलान हुने, त्यस वारेमा प्रदेश सभाले जानकारी पाउनुपर्ने हुन्छ’ उनी भन्छन्, ‘त्यसपछि प्रदेशसभाले पद रिक्त भएको जानकारी गराएपछि बल्ल निर्वाचन आयोगलाई उपनिर्वाचनको प्रक्रिया अघि बढाउन बाटो खुल्छ ।’



