काठमाडौँ नेपाल प्रहरीका डीएसपीसहित जना नेपालीहरू आतङ्कवादी गतिविधिमा संलग्न रहेको आशङ्कामा सिंगापुर प्रहरीले केही महिनाअघि नेपाल प्रहरीलाई पत्राचार गरेको थियो

डीएसपी हेमबहादुर शाही, कालिकोटका महेन्द्रजंग शाह दीपेन्द्रबहादुर शाह अन्तर्राष्ट्रिय इस्लामिकआतङ्कवादी संगठन (आईएसआईएस) मा आबद्ध भएको आशङ्कामा सिंगापुर प्रहरीले २९ जुलाई २०२४ मा एनसीबी सिंगापुरले एनसीबी काठमाडौंलाई पत्राचार गरेको थियो

तर आज नेपाल प्रहरीले जवाफ फर्काउदै भनेको छ – उनीहरू  इस्लामिक आतङ्कवादी संगठनमाआबद्ध नरहेकोभन्दै प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले सिंगापुरलाई पत्र समेत पठाएको छ । 

सिंगापुर प्रहरीले - पठाएको पत्रको अंश

डिएसपी शाही निर्दोश ,खास घटना भएको के थियो ?

कालिकोटका महेन्द्रजंग शाह लामो समयदेखि खाडी मुलुकमा बस्थे एकपटक हेमबहादुर शाहीदीपेन्द्र बहादुर शाह मलेसिया घुम्न जाँदा महेन्द्रजंगको गाडीमा सिंगापुर प्रवेश गर्न खोजे महेन्द्रजंग पनि सँगै थिए त्यसपछि सिंगापुरको अध्यागमन कार्यालयले महेन्द्रजंगशङ्कास्पद सूचीमा भएको भन्दै उनीहरूले तीनै जना लाई सिंगापुर प्रवेश गर्न दिएन  

त्यो समय हेम बहादुर शाहीले आफू नेपाल प्रहरीको डीएसपी भएको कुरा पनि बताएका थिए तर, पनि उनीहरूले प्रवेश पाएनन्

त्यसपछि आफ्नो विवरण दिएर उनीहरू मलेसिया नै फर्किए तर, उनीहरू  इस्लामिक आतङ्कवादी संगठनमाआबद्ध नरहेकोभन्दै प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले सिंगापुरलाई पत्र पठाएको प्रहरी प्रधान कार्यालयका सहायक प्रवक्ता विश्व अधिकारीले बताउनु भएको छ एसएसपीले भन्नुभयो   तर, अहिले उनीहरू तीनै जना कुनै पनि आतङ्कवादी गतिविधिमा संलग्न नरहेको प्रहरीको अनुसन्धान निष्कर्ष त्यसबारे सिंगापुरलाई जवाफ पठाइसकेका छौँ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय