— दीपक राज जोशी ,

 काठमाडौं । नेपाल प्रहरीको ३० वर्षे सेवा अवधिका कारण ९० जना प्रहरी अधिकारीले एकहप्ता अधि मात्र साथ अवकाश पाए ।

 

अवकाश पाउनेमा एकजना प्रहरी नायव महारीक्षक (डीआईजी) समेत थिए । अवकाश पाउने अन्य प्रहरी अधिकारीहरूमा १२ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी), १३ जना प्रहरी उपरीक्षक (एसपी), ३१ जना नायब प्रहरी उपरीक्षक (डीएसपी) ३४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) थिए ।

ठूलो संख्यामा प्रहरी अधिकारीले अवकाश पाएसँगै प्रहरी प्रधान कार्यालय उनीहरूको ठाउँमा पदपूतिको तयारीमा छ । तर,  तत्काल नै बढुवा प्रक्रिया भने अघि बढ्ने देखिँदैन ।प्रहरी नियमावलीअनुसार, प्रहरी उपरीक्षक (एसपी) सम्मको बढुवा अधिकार प्रहरी महानिरीक्षकसँग हुन्छ । एसपीमाथिका प्रहरी अधिकारीको बढुवा र सरुवा प्रक्रिया भने प्रहरीको तालुकदार गृह मन्त्रालयले हेर्ने गर्छ ।

नेपाल प्रहरीमा रिक्त भएका पदमा झण्डै दुई सय जनाको बढुवा रोकिएको छ। प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि प्रहरीअतिरिक्त महानिरीक्षक (एआईजी) सम्म पद रिक्त हुँदैछन्। भदौ २६ गते एआईजी श्यामलाल ज्ञवाली पनि अवकाशमा जाँदैछन्। 

उनी अवकाशमा जानु एक साता पहिले नै बढुवाका लागि सिफारिस गर्न सक्ने भए पनि नयाँ कार्य सम्पादन मूल्यांकन गृहसचिव हिजो भर्खेरै आएकाले बढुवा ढिलो भएको छ।

बढुवा समितिले नम्बर दिएर बढुवा गर्न सक्छ। एआईजीबाट बढुवा गर्दै जाँदा प्रहरीमा एकसाथ तीन सय बढी बढुवा हुनेछन्। यसअघि ३० वर्षे सेवा अवधिका कारण ९० जना प्रहरी अधिकारीहरू भदौ १६ गते एकसाथ अवकाश भएका थिए। 

यस्तै त्यसअघि पनि केही पद रिक्त भएका थिए। ती पदमा अब बढुवाको बाटो खुलेको हो। बढुवा हुनेमा प्रहरीनिरीक्षकदेखि माथिका अधिकारीहरू मात्रै डेढसय जना बढुवा हुनेछन्।

एआईजीमा गुरुङ र सिंहको सम्भावना बढी

प्रदेश समन्वय विभागका एआईजी श्यामलाल ज्ञवाली उमेर हदका कारण भदौ २६ गतेदेखि अनिवार्य अवकाशमा जानलागेका हुन्। उनी अवकाशमा गएसँगै रिक्त पदमा डीआईजी मध्येबाट बढुवा गरिनेछ। 

त्यसमा सबैभन्दा बलियो सम्भावना डीआईजी बुद्धिराज गुरुङको छ। उनी हाल कार्यरत डीआईजीमध्ये वरीयतामा अगाडि छन्। गुरुङबाहेक दुर्गा सिंह, किरण राणा, कुवेर कडायत, केदार ढकाल, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला चन्द्र कुवेर खापुङ पनि एआईजीका लागि दाबेदार हुन्। तर किरण राणा, केदार ढकाल, भरत बोहरा, राजेशनाथ बास्तोलाको भने सेवा अवधि छोटो छ।

यस्तै डीआईजीहरू जनक भट्टराई, लालमणि आचार्य, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल पनि प्रतिस्पर्धी हुन्। तरठकुरी   पोखरेल छिटै नै अवकाश हुनेछन्। 

चार डीआईजीमा चार ब्याचका एसएसपी 

हाल कार्यरत एसएसपीमा सबैभन्दा सिनियर ध्रुवराज राउत, भोलाबहादुर रावल गणेश चन्द हुन्। तर यसअघि पनि उनीहरू बढुवामा छुट्दै आएका छन्।  

ध्रुवराज राउत २०५१ चैत गते हालका प्रहरी महानिरीक्षक कुँवरकै ब्याची हुन्। तर उनी एसपीबाटै पछि परे। २०६४साउन गते डीएसपी भएका उनी अरूभन्दा एक वर्षपछि २०७३ पुस १३ मा मात्रै एसपीमा बढुवा भएका थिए। 

२०७८ मंसिर गते एसएसपी भएका राउत डीआईजी बढुवाका दाबेदार मध्ये पहिलो नम्बरमा छन्। 

भोलाबहादुर रावल पनि २०५१ चैत गते प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका हुन्। अहिलेका एसएसपीहरूलाई उनले डीएसपी बढुवामा पछि पारेका थिए। उनी २०६३ भदौ गते नै डीएसपी भइसकेका थिए।

तर यी तीनजनाका लागि सबैभन्दा चुनौती बन्ने राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोली। अनुसन्धान विभागबाटआएको टोलीलाई यसअघि नै सिधै प्रहरी निरीक्षकमा भर्ना भइसकेको ब्याचले उछिनिसकेको छ। यससअघि रविलामिछाने गृहमन्त्री हुँदा तीन ब्याच जुनियरलाई डीआईजी बनाएका थिए। 

जुन निर्णयले यो टोलीलाई नेतृत्वसम्म पुग्नै कठिन भएको छ। तर अहिले रिक्त चार डीआईजीमा यही ब्याचको बढुवाहुने सम्भावना बलियो छ। यो ब्याचका पहिलो नम्बर एसएसपी हुन् सिद्धिविक्रम शाह। सोही ब्याचका सुशीलसिंह राठौर उमाप्रसाद चतुर्वेदी पनि एसएसपीमा अगाडि छन्। 

राष्ट्रिय अनुसन्धानको टोलीबाट आएका हिमालयकुमार श्रेष्ठ डम्बरबहादुर विक पनि डीआईजीका दाबेदार हुन्। 

त्यसपछिको वरीयतामा ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल गोविन्द थपलिया पनि डीआईजीको लागि प्रतिस्पर्धामा छन्। उनीहरू मध्येबाटै चारजना डीआईजी हुने सम्भावना छ। 

तर २०५१ देखि २०५६ सालसम्म प्रहरी निरीक्षकमा भर्ना भएका टोली एसएसपीमा कार्यरत छन्। 

१६ जना बन्नेछन् एसएसपी

चारजना एसएसपी डीआईजीमा बढुवा भएसँगै रिक्त एसएसपीको दरबन्दी १६ पुग्ने छ। हाल १२ जना एसएसपीकोदरबन्दी रिक्त रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

प्रतिस्पर्धामा २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा आएका विमल बस्नेतदेखि २०५८ सालमा भर्ना भएको टोलीसम्म छन्। 

उनीबाहेक २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका जना २०५८ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका १३ जना एसपी एसएसपीको प्रतिस्पर्धामा छन्।

तर २०५६ को ब्याचका एसपीहरू – गोविन्द अधिकारी, विनोद सिलवाल र विमलराज कँडेल पनि एसएसपीको प्रमुख दाबेदार हुन् उनीहरू मध्येबाट पनि एसएसपी बढुवा हुने सम्भावना छ। असोज १४ गतेपछि बढुवा गरिए डीआईजी यज्ञविनोद पोखरेल अवकाश हुनेछन्। एकजना एसएसपी डीआईजीमा बढुवा हुने भएकाले रिक्त एसएसपीको दरबन्दी १७ पुग्नेछ। 

एसएसपीका प्रमुख दाबेदार को-को हुन् त ? 

रिक्त एसएसपीका लागि सबैभन्दा बलियो दाबेदार टोली २०५८ सालमा भर्ना भएर पहिलो लटमै एसपी भएका १३ जना हुन्। यो टोलीका एसपीहरू रमेश थापा, प्रकाश रानाभाट, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोषखड्का, रन्जु सिग्देल, अनुपम शम्शेर जबरा, श्यामकुमार महतो, कृष्णप्रसाद पंगेनी, अजय केसी, नवराज अधिकारी वीरबहादुर बुढामगर प्रतिस्पर्धामा छन्। उनी आफ्नै ब्याचको टोलीलाई छाडेर अघि बढेका हुन्। 

यस्तै यही टोलीसँग २०५८ सालमा प्रहरी निरीक्षकमा भर्ना भएर एसपी बढुवामा बिबिध कारणले पछि पारिएका अब्बल प्रहरी अधिकृतहरू प्रभु ढकाल , होबिन्द्र बोगटी सहितको टोली पनि एसएसपीका प्रमुख दाबेदार हुन्न।उनिहरूलाई संगठनमा अब्बल कमाण्डरको रूपमा प्रहरी कर्मचारीले चिन्ने गरेको छन्   

कुन पदमा कति खाली ?

हाल डीआईजीको एक पद खाली छ । यसरी नै केहि दिन पछि एआईजी श्याम ज्ञवालीसमेत एआईजीको ५६ वर्षे उमेर हदका कारण अवकाशमा जाँदै छन् ।

उनी अवकाशमा जाँदा त्यो ठाउँमा थप एक डीआईजी बढुवा हुनेछन् । सँगै डीआईजीको रिक्त दरबन्दी दुई हुनेछ ।

त्यसरी नै हाल १२ एसएसपीको दरबन्दी खाली छ । दुई डीआईजीमा बढुवा हुँदा रिक्त दरबन्दी १४ पुग्ने छ । त्यसरी नै १३ एसपीको दरबन्दी हाल रिक्त छ । थप १४ एसपी एसएसपीमा बढुवा हुँदा २७ एसपीको दरबन्दी रिक्त हुनेछ ।

हाल ३१ डीएसपी र ३४ प्रहरी निरीक्षकको पद रिक्त छ । डीएसपीमा भने एकसाथ ५८ जनाको बढुवा हुने छ । त्यस्तै प्रहरी निरीक्षक पनि ठूलो मात्रामा खाली हुनेछ ।

यीमध्ये ४० प्रतिशत बढुवाबाट बाँकी ६० प्रतिशत नयाँ भर्ना गरिने छ। वरिष्ठ सई, सई असईमा पनि क्रमश बढुवाहुनेछ।

निमित्त प्रहरी प्रवक्ता एसएसपी विश्व अधिकारीले ठूलो संख्यामा प्रहरी अधिकारीले अनिवार्य अवकाश लिएपछि रिक्त पदमा चाँडै बढुवा प्रक्रिया थालिने बताए ।

सहयोग गर्न चाहानु हुन्छ – Scan गर्नुहोला ॥

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय