
१६ भदौ, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीका १ सय ५ जना अधिकारीहरु आजबाट ३० वर्षे सेवा अवधिकाकारण अनिवार्य अवकाशमा गएपछि एकैपटक धेरै उच्च अधिकारीहरूको पद रिक्त भएको छ । तत्काललाई ३० वर्षेअवधि कायम नहुने भएपछि आइतबारबाट एकै साथ नेपाल प्रहरी तर्फ ८९ जना र सशस्त्र प्रहरीतर्फ १६ जनाअधिकृतहरू अवकाशमा जाँदा करिब २ सय पद रिक्त भएको हो । रिक्त रहेको करिब २ सय पदका लागि नेपाल प्रहरीर सशस्त्र प्रहरीमा रस्साकस्सी शुरु भएको छ ।
सर्वोच्चका न्यायाधीश विनोद शर्मा र शारङ्गा सुवेदीको संयुक्त इजलासले सरकारको भ्याकेट निवेदनमा माग भए अनुसार गत बिहीबार न्यायाधीश कुँयालको एकल इजलासले गरेको अन्तरिम आदेश खारेज भएको हो । यो आदेश खारेजसँगैनेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) विष्णु कुमार केसीसहित ८९ जना एकसाथ अवकाश हुने भएका छन् ।

सशस्त्र प्रहरीमा पनि डीआईजीद्वय अभि खत्री र दुर्गा भट्टराई सहित १६ अधिकृतहरू घर गएका छन् । शनिबार बिदाभएको र आइतबारदेखि ३० वर्षे सेवा हद लाग्ने भएकाले उनीहरूको सेवा अवधि सकिएको छ । प्रहरी ऐनमा तीनप्रावधानले अवकाश हुने व्यवस्था छ । ३० वर्षे सेवा अवधि, उमेर हद र सेवा अवधि मध्ये जुन पहिले आउँछ, सोहीव्यवस्था अनुसार अनिवार्य अवकाश दिने व्यवस्था छ । ८९ जना प्रहरी ३० वर्षे सेवा अवधि पूरा भएका कारण अवकाशहुने भएका हुन् ।
अनिवार्य अवकाश हुनेमा २०५१ साल भदौमा एकसाथ प्रहरी सहायक निरीक्षकमा भर्ना भएर हाल नेपाल प्रहरी तर्फ डीआईजी रहेका विष्णुकुमार केसी सशस्त्र प्रहरी तर्फ डीआईजीद्वय अभि खत्री र दुर्गा भट्टराई देखि प्रहरी निरीक्षकहरू सम्म छन् ।



