काठमाण्डौं- जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत प्रहरी कार्यालय सहयोगी (भान्से) शंकर कार्की पुनःस्थापित भएका छन्।

करिब ७ महिना पहिले, जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवराज खरेलले आफूलाई बासी भात दिएको आरोपमा कार्कीमाथि निर्घात कुटपिट गरेका थिए। त्यसपछि तत्कालीन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले डिएसपी खरेलमाथि कार्कीले कुटपिट गरेको र प्रहरी आचरण विपरीत कार्य गरेको भन्दै उनलाई सेवाबाट बर्खास्त गरेका थिए।

सेवाबाट हटाइएपछि कार्कीले न्यायको खोजी गर्दै आफ्नो पीडा सञ्चार माध्यममार्फत सार्वजनिक गरेका थिए र बागमती प्रदेश प्रहरी कार्यालयमा औपचारिक उजुरी समेत दिएका थिए।

पुनःछानबिनपछि, बागमती प्रदेश प्रहरी कार्यालयले शंकर कार्कीलाई साविककै पदमा पुनःस्थापना गर्ने निर्णय गरेको छ। यसैबीच, जिल्ला प्रहरी कार्यालयका एसपी कार्कीको सरुवा भइसकेको छ भने डिएसपी खरेलको  पनि सुरूवा भैसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय