महोत्तरी । बर्दिबास नगरपालिका–१ स्थित श्री सनसाइन बोर्डिङ स्कुल, गौरीडाडामा लागू औषध दुरुपयोगविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। मिति २०८२।१०।२६ गते दिउँसो १४:०० देखि १५:३० बजेसम्म सञ्चालन गरिएको कार्यक्रममा ७५ जना छात्र र १०० जना छात्रा गरी कुल १७५ जना विद्यार्थीको सहभागिता रहेको थियो।

कार्यक्रममा लागू औषधको परिचय, प्रकार, यसको शारीरिक, मानसिक तथा सामाजिक असर र रोकथामका उपायबारे सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो। विद्यार्थीहरूलाई सही सूचना र सचेतनाका माध्यमबाट लागू औषधबाट टाढा राख्ने उद्देश्यका साथ कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको आयोजकले जनाएका छन्।

यस्ता जनचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोच विकास गर्नुका साथै समाजमा लागू औषधविरुद्ध साझा जिम्मेवारीबोध जगाउने विश्वास लिइएको छ। विद्यालय तहबाटै सचेतना फैलाउने यो प्रयास प्रशंसनीय रहेको स्थानीयवासी तथा शिक्षकमण्डलले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय