काठमाडौं । विश्वप्रसिद्ध इटालियन फुटबल क्लब इन्टर मिलानले नेपाल प्रहरीका महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले लेखेको गीत आफ्नो आधिकारिक सामाजिक सञ्जाल पेजमा प्रयोग गरेको छ।

क्लबले ब्राजिलियन फुटबल लिजेन्ड **रोनाल्डो ‘द फोनोमनन’**लाई समर्पित सामग्रीमा कार्कीले लेखेको ‘बारीमा फलेको बेलौती खाने मान्छे छैन’ बोलको गीत प्रयोग गरेको हो। उक्त भिडियो इन्टर मिलानको आधिकारिक पेजमार्फत सार्वजनिक गरिएको छ।

भिडियोमा नेपाली भाषामै ‘सबैभन्दा महानः रोनाल्डो – द फोनोमनन’ उल्लेख गर्दै नेपालबाट थप सामग्रीका लागि हामीलाई पछ्याउनुहोस् भन्ने सन्देशसमेत राखिएको छ, जसले नेपाली दर्शकबीच विशेष चर्चा पाएको छ।

उक्त गीतमा सदिक्षा कट्टेल र समिर खरेलको स्वर रहेको छ। एक नेपाली सर्जकद्वारा लेखिएको गीत विश्वप्रसिद्ध फुटबल क्लबको आधिकारिक प्लेटफर्ममा प्रयोग हुनु नेपालका लागि गर्वको विषय बनेको छ।

भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आइरहेका छन् भने, कमेन्ट सेक्सनमा नेपाली दर्शकहरूको उल्लेखनीय सहभागिता देखिएको छ।

भिडियो सहित 

https://www.facebook.com/share/r/1GRwydyeMZ/

प्रतिक्रिया

सम्बन्धित खवर