
रुपन्देही । नेपाल प्रहरीका अनुभवी तथा काबिल प्रहरी अधिकृत एसपी जनकबहादुर शाहीले रुपन्देही जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएको छ। शान्ति सुरक्षा, अपराध नियन्त्रण र संगठनात्मक व्यवस्थापनमा उल्लेखनीय अनुभव बोकेका शाहीको आगमनलाई रुपन्देहीका लागि सकारात्मक र आशालाग्दो रूपमा हेरिएको छ।

एसपी शाही प्रहरी संगठनभित्र मिलनसार, अनुशासित र पेशागत रूपमा दक्ष अफिसरका रूपमा परिचित हुनुहुन्छ। सेवाकालभर इमान्दारिता, नेतृत्व क्षमता र जनमैत्री प्रहरी सेवामा विश्वास राख्दै कार्यसम्पादन गर्दै आउनु भएका शाहीले विभिन्न स्थानमा रहँदा उल्लेखनीय परिणामहरू हासिल गर्नुभएको छ। सहकर्मीप्रति सहयोगी स्वभाव र सेवाग्राहीप्रति संवेदनशील व्यवहार उनका मुख्य विशेषता मानिन्छन्।
रुपन्देहीजस्तो संवेदनशील तथा व्यस्त जिल्लामा उहाँको नेतृत्वले शान्ति सुरक्षा थप सुदृढ हुने, अपराध नियन्त्रण प्रभावकारी बन्ने र प्रहरी–नागरिक सम्बन्ध अझ मजबुत हुने अपेक्षा गरिएको छ। स्थानीय सरोकारवालाहरूले पनि एसपी शाहीको नेतृत्वमा जिल्लाको सुरक्षा व्यवस्थापन नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्।



