
पर्सा। नेपाल प्रहरीको अनुसन्धान कार्यमा सफल र जिम्मेवार प्रहरीको रूपमा परिचित बरिष्ठ प्रहरी हवल्दार राजमंगल सिंहले सेवाबाट राजीनामा दिएका छन्। उनको राजीनामाले प्रहरी संगठनभित्र मनोबलमा असर परेको संकेत देखिएको छ।
राजमल सिंहले २०६२/०५/२६ गते नेपाल प्रहरीमा सिपाही पदबाट सेवा सुरु गरेका थिए।जागिरको क्रममा सरुवा र बढुवा नियमित प्रक्रिया अन्तर्गत उनले विभिन्न जिल्लामा सेवा प्रदानगरेका छन्। उनले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, प्रहरी प्रधान कार्यालय मातहतनक्शाल–१ नम्बर गण, जिल्ला प्रहरी कार्यालय सिन्धुली, रातमाटे गण हेटौडा, मकवानपुर, रौतहट, ताप्लेजुङ, मोरङ, बारा हुँदै अन्ततः जिल्ला प्रहरी कार्यालय पर्सामा सेवा गरेका थिए।

विभागीय नियमअनुसार उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै उनलाई ८ पटक पुरस्कार प्रदान गरिएको थियो। तराईका जिल्लाहरूमा बढ्दो अपराध, लुटपाट, डकैती, फिरौती तथा जघन्यअपराध अनुसन्धानमा उल्लेखनीय योगदान पुर्याएको आधारमा तत्कालीन प्रहरीमहानिरीक्षकको २०७९/०३/२७ गतेको निर्णयबाट उनलाई एक तह बढुवा समेत गरिएकोथियो।
तर पछिल्लो समय मधेश प्रदेशका जिल्लाहरूबाट ‘घुमुवा प्रहरी’हरूलाई प्रधान कार्यालय तान्ने प्रक्रियामा सिंह पनि सूचीमा परेका थिए। यद्यपि उनी हाल घुमुवा प्रहरीको भूमिकामा सक्रिय नरहेको बुझिएको छ।
एक वरिष्ठ प्रहरी अधिकृतले नाम गोप्य राख्ने शर्तमा बताएअनुसार, “घुमुवा प्रहरीका कमाण्डर अधिकृतहरूलाई कारबाही नहुने तर तल्लो दर्जाका कर्मचारीलाई बारम्बार काज र समय नपुग्दैसरुवा गरिनु न्यायोचित छैन। यही अवस्थाले संगठनभित्र असन्तुष्टि बढाएको छ।”
हाल बरिष्ठ प्रहरी हवल्दार राजमल सिंह नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्जमा हवल्दार मेजरको रूपमा कार्यरत रहेको बुझिएको छ।
अनावश्यक बेनामी उजुरीको भरमा हेडक्वार्टर तानिँदा, आवश्यक छानबिन गर्दै बोलाइएका वरिष्ठ हवल्दार सिंहको राजीनामाले नेपाल प्रहरी संगठनभित्रको सरुवा–काज प्रणाली रआन्तरिक व्यवस्थापन माथि गम्भीर प्रश्न उठाएको छ।



