सिन्धुपाल्चोक । गाँजासहित पक्राउ परेका व्यक्तिलाई कानुनी प्रक्रिया बिना छोडेपछि  सिन्धुपाल्चोक जिल्लाका निमित्त प्रमुख  डीएसपी माधवराज खरेल पुनः विवादमा परेका छन्।

२०८२ माघ गते साँझ करिब बजे सिन्धुपाल्चोकस्थित क्राउन होटलबाट सय ग्राम भन्दाबढी लागुऔषध (गाँजा) सहित पक्राउ परेका तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

तर पक्राउ परेको एक घण्टामै डिएसपी खरेलले रिहा गरेपछि डिएसपी प्रश्नको घेरामा परेका छन् ।साथै उक्त घटनाले प्रहरी संगठनभित्रको अनुशासन, जवाफदेहिता कानुनी पालना माथि गम्भीर प्रश्न उठाएको छ।

सुरक्षा सरोकारलाई प्राप्त जानकारी अनुसार चौतारा साँगाचोकगढी निवासी अधिकारी बानियाँ थरका युवासहित तीन जनालाई क्राउन होटलको छतबाट भाग्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरूबाट करिब सय ग्राम गाँजा बरामद गरिएको थियो। तरजिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका निमित्त प्रमुख डीएसपी माधव राज खरेलले उनीहरूलाई एक रात पनि हिरासतमा नराखी घण्टामै रिहा गरेको खुलेको छ।

जिल्ला प्रहरी प्रमुख (एसपी) रामेश्वर कार्की बिदामा रहेका बेला उक्त घटना भएको हो। यस विषयमा हामिले सम्पर्क गर्दा एसपी कार्कीले आफू बिदामा रहेको घटनाबारे जानकारी नभएको बताएका छन्।

डीएसपी खरेलले भने गाँजासहित तीन जना पक्राउ परेको स्वीकार गरेका छन्। तर उनले बरामद गाँजाको परिमाण ७०० ग्राम नभई  ३०० ग्राम मात्र भएको दाबी गर्दैथोरै परिमाण भएकाले पक्राउ परेकाहरूलाई परिवारको जिम्मामा छोडिएकोस्विकार गरेका छन्।

लागुऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार उल्लेखित परिमाण वा सोभन्दा बढी गाँजासहित पक्राउ परेका व्यक्तिलाई मौखिक चेतावनी वा परिवारको जिम्मामा छोड्ने व्यवस्था छैन। कुनै पनि गॅाजा सेवनकर्ता मात्र भए पनि प्रहरीले सुधार केन्द्र पठाउने अभ्यास गर्दै आएको छ। यति ठुलो मात्रमा अनिवार्य रूपमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने कानुनी प्रावधानछ। तर डीएसपी खरेलले मुद्दा नै दर्ता नगरी पक्राउ परेको छोटो समयमै रिहा गर्नु कानुनी रूपमा विवादास्पद देखिएको छ।

आईजीपी दानबहादुर कार्कीले लागुऔषध नियन्त्रणमाशून्य सहनशीलतानीति अवलम्बन गर्न निर्देशन दिइरहेका बेला जिल्ला स्तरमै डिएसपीको निर्देशनमा यसरी मुद्दा नचलाइ रिहा गरिएको घटनाले लागुऔषध नियन्त्रण अभियान कमजोर बन्ने खतरा देखिएको छ।

यस घटनामा आर्थिक लेनदेन भएको हुनसक्ने आशंका पनि उठाइएको , यद्यपि यसको आधिकारिक पुष्टि हुन बाँकी छ।

यदि डीएसपी खरेलले दाबी गरेअनुसार परिमाण ३०० ग्राम मात्र थियो भने पनि कानुनी प्रक्रियापूरा नगरी रिहा गर्ने निर्णय कुन आधारमा कसको निर्देशनमा भयो भन्ने प्रश्न कायमै छ।

डीएसपी खरेल यसअघि पनि विवादमा तानिएका अधिकारी हुन्। केही महिना अघि आफ्नै क्वार्टरमा खाना पकाउने प्रहरी जवानलाई कुटपिट गरी जागिरबाट हटाइएको घटना सार्वजनिक भएको थियो। पीडित जवानले मिडिया तथा मानव अधिकारकर्मी समक्ष न्याय मागेपछि विषयबाहिर आएको थियो। पछि लामो विवादपछि उक्त जवानको जागिर पुनः बहाल गरिएको थियो।

लगातार विवादमा तानिँदै आएका डीएसपी खरेलको पछिल्लो निर्णयले प्रहरी संगठनको विश्वसनीयता माथि थप प्रश्न खडा गरेको सरोकारवालाहरूको भनाइ छ। घटनाको निष्पक्ष छानबिन, बरामद गाँजाको वास्तविक परिमाणको परीक्षण, सम्बन्धित कागजातको समीक्षा तथानिर्णय प्रक्रियामाथि आन्तरिक अनुसन्धान आवश्यक देखिएको छ।

यदि प्रहरी प्रधान कार्यालय तथा सम्बन्धित निकायले यस घटनालाई गम्भीरतापूर्वक नलिने होभने प्रहरीप्रतिको जनविश्वास अझ कमजोर बन्ने निश्चित रहेको स्थानीय नागरिक तथा सुरक्षा विश्लेषकहरूको धारणा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय