अनुसन्धान, निर्भीकता र जनसेवाबाट बनेको राजनीतिक विश्वास

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पछिल्लो समय अधिवक्ता गोविन्द पन्थीको नाम चर्चामा छ। नेपाल प्रहरीको उच्च पदबाट अवकाश लिएपछि पनि सामाजिक न्याय, कानुनी लडाइँ र मानव अधिकारको क्षेत्रमा सक्रिय पन्थीलाई रास्वपाले सम्भावनाशील नेतृत्वका रूपमा हेर्न थालेको छ।

प्रहरी सेवाबाट राजनीतितर्फ

गुल्मी मदाने–७ स्थायी ठेगाना भएका गोविन्द पन्थीको जन्म २०३१ साल फागुन १६ गते भएको हो। गुल्मीको पुर्कोट माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण पन्थीले २०४८ सालमा नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातक तथा एमपीए र बीएल उपाधि हासिल गरेका छन्।

२०५१ साल भदौ १६ गते नेपाल प्रहरी सेवामा प्रवेश गरेका पन्थी २०८१ साल जेठ १६ गते प्रहरी नायव उपरीक्षक (डीएसपी) पदबाट अवकाश भएका हुन्। बैतडी, रुपन्देही, नवलपरासी, पर्वत, बारा, सप्तरी, प्रहरी प्रभाग पुल्चोक, साँखु, सीआईबी उपत्यका अपराध अनुसन्धान कार्यालय तथा मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उनले महत्वपूर्ण जिम्मेवारी सम्हाले।

मानव तस्करी र ठगीविरुद्ध निर्भीक अनुसन्धान

पन्थी विशेषगरी वैदेशिक रोजगार ठगी, भुटानी शरणार्थी प्रकरण, भिजिट भिसाको आवरणमा हुने मानव तस्करीविरुद्धको अनुसन्धानका कारण राष्ट्रिय चर्चामा आए। राजनीतिक नेतृत्व, अध्यागमन अधिकृत, ट्राभल एजेन्सी र एयरलाइन्ससम्म संलग्न रहेको जटिल अपराधमा उनले निर्भीक अनुसन्धान गर्दा मानव तस्करीमा संलग्न समूहले सरुवासम्म गराएको विषय राष्ट्रिय मिडियामा व्यापक रूपमा उठेको थियो।

नेपालका चर्चित अपराधहरूमा सफल अनुसन्धान अधिकृतका रूपमा काम गरेबापत उनले २९ वटा पुरस्कारसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन्।

अवकाशपछि पनि समाजसेवामा निरन्तरता

प्रहरी सेवाबाट अवकाशपछि पन्थीले सरोकारी कानुनी अनुसन्धान तथा परामर्श केन्द्र दर्ता गरी अधिवक्ता तथा मिडिया अभियन्ताका रूपमा सेवा दिइरहेका छन्। अनलाइन ठगी, साइबर अपराध, वैदेशिक रोजगार ठगी र मानव बेचबिखन न्यूनीकरणका लागि उनले ३५ भन्दा बढी सामुदायिक विद्यालयमा प्रशिक्षण दिएका छन्।

त्यसैगरी विदेशमा अलपत्र परेका ४२ जनाको उद्धार, आर्थिक अभावका कारण न्यायबाट वञ्चित ३४ जनालाई निःशुल्क कानुनी सेवा प्रदान गर्दै आएका छन्।

युवा आन्दोलन र रास्वपासँग निकटता

पछिल्लो समय देखिएको GEN-Z आन्दोलन गलत दिशामा नजाओस् भनेर विभिन्न समूहसँग सहकार्य र कानुनी सल्लाह दिँदै आएका पन्थीलाई आन्दोलनकारीहरूले श्रममन्त्रीको प्रस्तावसमेत गरेका थिए।

रास्वपा सभापति रवि लामिछानेमाथि दोहोरो नागरिकता, सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लगाइँदा पन्थीले तत्कालीन एसएसपी र महान्यायाधिवक्तासँग सहजीकरणको भूमिका खेले। उनले राज्यको प्रतिशोधपूर्ण कदमविरुद्ध लेख, टेलिभिजन अन्तर्वार्ता र कानुनी बहसमार्फत सभापति लामिछानेको पक्षमा जनमत निर्माणमा योगदान दिएका छन्।

रुपन्देही कारागारमै पुगेर सभापति लामिछानेसँग छलफल, कानुनी समन्वय र छिटो प्रक्रिया टुंग्याउन भूमिका खेलेको विषय पनि चर्चामा रह्यो।

किन चुनावी उम्मेदवारका रूपमा पन्थी ?

. कानुनी दक्षता र अनुभव

गोविन्द पन्थी पूर्व डीएसपी भई हाल अधिवक्ताका रूपमा क्रियाशील छन्। कानून, अनुसन्धान, न्याय प्रक्रिया र राज्य संयन्त्रबारे उनको गहिरो बुझाइले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम बनाउँछ।

२. निष्कलंक छवि र इमानदार पहिचान

सेवा अवधिभर अनुशासित, पारदर्शी र विवादरहित छवि बनाएका पन्थी भ्रष्टाचारविरुद्ध स्पष्ट धारणा राख्ने व्यक्ति हुन्, जुन रास्वपाको मूल मूल्यसँग मेल खान्छ।

. सुरक्षा र सुशासनको स्पष्ट एजेन्डा

देशमा बढ्दो अपराध, तस्करी र असुरक्षाप्रति व्यवहारिक समाधानको अनुभव उनीसँग छ। नीति निर्माण तहमा पुगेर सुरक्षा, न्याय र सुशासन मजबुत बनाउने दृष्टिकोण उनको प्रमुख शक्ति हो।

. जनसरोकार र नागरिक नजिकको नेतृत्व

प्रहरी सेवाकालदेखि नै आम नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहँदै आएका पन्थी जनताको समस्या बुझ्ने र त्यसको समाधान खोज्ने व्यवहारिक नेता हुन्।

. परिवर्तन र नयाँ राजनीतिक संस्कृतिको प्रतिनिधि

पुरानो राजनीतिक सोचभन्दा फरक, जवाफदेही र परिणाममुखी राजनीति गर्ने प्रतिबद्धता बोकेका गोविन्द पन्थी रास्वपाको ‘नयाँ विकल्प’को वास्तविक प्रतिनिधि हुन्।

• नेपाल प्रहरीको तल्लो दर्जादेखि उच्च तहसम्म लोकप्रिय,

• निर्भीक, इमानदार र परिणाममुखी अनुसन्धानकर्ता,

• युवाको भावना बुझ्ने र कार्यान्वयन गर्न सक्ने क्षमता भएको,

• प्रहरी संगठनभित्र र बाहिर व्यापक सञ्जाल र समन्वय क्षमता भएका,

• अन्यायविरुद्ध बोल्न नडराउने स्वभावका व्यक्ति हुन्।

GEN-Z आन्दोलनका क्रममा साँखुमा आगजनी हुन सक्ने जोखिम टार्दै प्रहरी र प्रदर्शनकारीको ज्यान जोगाउन खेलेको भूमिकाले उनलाई युवामाझ अझ लोकप्रिय बनाएको छ।

गुल्मी–२ देखि काठमाडौँसम्म चुनावी सम्भावना

पन्थीले गुल्मी क्षेत्र नं. २ लाई आफ्नो जन्मथलोका रूपमा रोजेका छन्। एमाले उपाध्यक्ष गोकर्ण विष्टको ‘गढ’ मानिने उक्त क्षेत्रमा बलियो प्रतिस्पर्धा गर्न सक्ने क्षमता आफूमा रहेको उनको दाबी छ। साथै, काठमाडौँ क्षेत्र नं. २ (कार्य क्षेत्र) र क्षेत्र नं. १ (बसोबास क्षेत्र) मा पनि पार्टीले जिम्मेवारी दिएमा राम्रो नतिजा ल्याउन सक्ने उनको विश्वास छ।

मानव तस्करी, वैदेशिक रोजगार ठगी र संगठित अपराधविरुद्ध निर्भीक लडाइँ लडेका अधिवक्ता गोविन्द पन्थी आज रास्वपाका लागि केवल उम्मेदवार होइनन्, सुशासन, न्याय र युवाको भरोसाको प्रतीक बन्दै गएका छन्। यही कारण, उनी रास्वपाको नजरमा परेका छन् र आगामी चुनावमा उनी निर्णायक पात्र बन्न सक्ने आँकलन राजनीतिक वृत्तमा सुरु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय