काठमाडौँ — नेपाल प्रहरीले सामाजिक सञ्जालमा गैरव्यावसायिक र अमर्यादित सामग्री पोस्ट गर्ने ५ सय ९९ जना प्रहरी कर्मचारीमाथि कारबाही गरेको छ। आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म फेसबुक, एक्स, टिकटकलगायत विभिन्न प्लेटफर्ममा संगठनविरुद्ध टिप्पणी गर्ने तथा प्रहरी पोसाकको दुरूपयोग गर्ने प्रहरी नायब महानिरीक्षकदेखि कार्यालय सहयोगीसम्मलाई विभागीय कारबाही गरिएको हो।

कारबाहीमा पर्नेमा प्रहरी नायब महानिरीक्षक १, प्रहरी वरिष्ठ उपरीक्षक १, प्रहरी उपरीक्षक ४, प्रहरी नायब उपरीक्षक ५, प्रहरी निरीक्षक २४, प्रहरी वरिष्ठ नायब निरीक्षक ११, प्रहरी नायब निरीक्षक २४, प्रहरी सहायक निरीक्षक ५१, प्रहरी वरिष्ठ हवल्दार ७, प्रहरी हवल्दार ३५, सहायक हवल्दार ७६, प्रहरी जवान ३ सय ५८ र प्रहरी कार्यालय सहयोगी २ जना रहेका छन्। उनीहरूलाई चेतावनीदेखि बढुवा रोक्का सम्मको कारबाही गरिएको छ।

नेपाल प्रहरीले मिति २०७१/०९/११ मा सामाजिक सञ्जालको व्यवस्थित प्रयोगसम्बन्धी निर्देशिका लागू गर्दै आचारसंहितासम्बन्धी कार्यादेश–२०७७ र विभिन्न परिपत्रअनुसार प्रहरी कर्मचारीले हातहतियार, पोसाक, सवारी साधन लगायतका गतिविधिका फोटो/भिडियो अपलोड नगर्न, टीकाटिप्पणी नगर्न कडाइ गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय