
ललितपुर । जिल्ला प्रहरी परिसर ललितपुरको आयोजनामा “अपराध अनुसन्धान, अभियोजन तथा न्यायिक कारवाही प्रभावकारिता बिषयक विमर्श कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त कार्यक्रम जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होबिन्द्र बोगटीको अध्यक्षता तथा ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश पुनाराम खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा ललितपुर जिल्ला अदालतका न्यायाधीशहरू, जिल्ला अदालत ललितपुरका श्रेस्तेदार, जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधीवक्ताहरू, साथै जिल्ला प्रहरी परिसर ललितपुर तथा मातहतका प्रहरी कार्यालयका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
विमर्श कार्यक्रममा अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने उपाय, अभियोजन प्रक्रियामा देखिने चुनौतीहरू, तथा न्यायिक कारवाहीलाई समयसापेक्ष र परिणाममुखी बनाउने विषयमा गहन छलफल गरिएको थियो। प्रहरी, सरकारी वकिल र न्यायालयबीचको समन्वय सुदृढ गर्दै न्यायिक प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको जनाइएको छ।



