काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले रातको समयमा हुने सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित विशेष सचेतना अभियान सुरु गरेको छ।

पछिल्लो समय उपत्यकामा रात्रिकालीन सवारी दुर्घटनामा वृद्धि हुन थालेपछि ट्राफिक प्रहरीले उक्त अभियान सञ्चालनमा ल्याएको हो। अभियानबारे जानकारी दिँदै उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले दिउँसोको तुलनामा रातको समयमा दुर्घटनाको जोखिम अझ बढी रहने बताए।

उनका अनुसार राति सडक तुलनात्मक रूपमा खाली हुने भएकाले तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने प्रवृत्ति बढ्ने गरेको छ। यही कारण रात्रिकालीन समयमा चेकजाँच र सचेतना कार्यक्रमलाई कडाइका साथ अघि बढाइएको एसएसपी अधिकारीले जानकारी दिए।

ट्राफिक प्रहरीले सञ्चालन गरेको यस अभियानले रातको समयमा यात्रा गर्ने सवारी चालक तथा यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय