
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल प्रहरीवृत महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ। बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले एक समारोहका बीच प्रहरी वृत्त महराजगञ्जका कार्यालय प्रमुख निरन्जन थापालाई मोटरसाइकल हस्तान्तरण गरेका हुन्।
बैंकले गरेको यो सहयोगले संवेदनशील स्थानहरूको निगरानी, समयमै सूचना संकलन तथा समुदायमा शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरीलाई थप प्रभावकारी बनाउने विश्वास लिएको छ।

“सुरक्षित समाज निर्माण हाम्रो साझा दायित्व हो,” बैंकले जारी गरिएको विज्ञप्तिमा उल्लेख गर्दै, सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गरिएको यस सहयोगले नेपाल प्रहरीले अग्रपंक्तिमा रहेर गर्ने सुरक्षा सम्बन्धी कार्यसम्पादनलाई झनै सहज र सक्षम बनाउने अपेक्षा व्यक्त गरेको छ।



