काठमाण्डौं— जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू पुनः प्राप्ति गर्नका लागि सम्बद्ध सबै पक्षलाई विवरण उपलब्ध गराउन आग्रह गरेको छ।

गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा काठमाडौंका विभिन्न प्रहरी कार्यालयमा आगजनी र तोडफोडका कारण कागजात र अनुसन्धानका फाइल जलेर नष्ट भएका थिए। यस परिस्थितिमा पीडित र निवेदकसँग रहेका कागजात एवं विवरण उपलब्ध गराइदिन आग्रह गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार, काठमाडौं उपत्यकामा भएको प्रदर्शनका क्रममा विभिन्न प्रहरी इकाइहरूमा आगलागी र तोडफोड हुँदा अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजात जलेर नष्ट भएका हुन्। यस कारण, अनुसन्धानलाई सहज बनाउन निवेदक र पीडितसँग भएका कागजात उपलब्ध गराउन प्रहरीको अनुरोध छ।

प्रहरीको भनाइ अनुसार, यदि ती कागजात उपलब्ध गराइन्छ भने अनुसन्धान प्रक्रियामा मद्दत पुग्नेछ। त्यसैले, सम्बद्ध सबैलाई नजिकको सम्बन्धित वृत्त र जिल्ला प्रहरी परिसर काठमाडौंमा ती कागजात उपलब्ध गराउन आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय