
काठमाण्डौं— प्रधानमन्त्री सुशीला कार्कीसँग आजदेखि अवकाशमा जान लागेका नेपाल प्रहरीका निरीक्षक सामान्य (आइजिपी) चन्द्रकुवेर खापुङले बिदाइ भेट गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको उक्त भेटमा नवनियुक्त आइजिपी दानबहादुर कार्की पनि सहभागी थिए।
७० दिनसम्म प्रहरी संगठनको नेतृत्व सम्हालेका खापुङ ३० वर्षे सेवाहदका कारण आजदेखि अवकाशमा जान लागेका हुन्। प्रहरी प्रधान कार्यालयले आजै उनको औपचारिक बिदाइ कार्यक्रम आयोजना गरेको छ। आगामी बिहीबारदेखि नवनियुक्त आइजिपी कार्कीले नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन्।




