
सिन्धुली – बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अरुण पौडेलले जिल्ला प्रहरी कार्यालय सिन्धुलीको निर्देशन तथा निरीक्षण कार्यक्रम सम्पन्न गर्नुभएको छ।
निरीक्षणका क्रममा डीआईजी पौडेलले जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा मातहतका सबै प्रहरी युनिटका इन्चार्जहरूलाई ब्रिफिङ गर्दै आवश्यक निर्देशन दिनुभएको थियो। उहाँले कार्यालयको समग्र कार्यप्रणाली, सेवा प्रवाह र जनसेवामुखी policing प्रणालीमा सुधारका विषयमा विशेष जोर दिनुभएको बताइएको छ।

उक्त अवसरमा डीआईजी पौडेलले प्रहरी सेवामा इमानदारी, अनुशासन र जनताको विश्वास प्राप्त गर्न निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिनुभयो। निरीक्षण कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदि सहित कार्यालयका अन्य वरिष्ठ प्रहरी अधिकारीहरू उपस्थित थिए।



