काठमाडौँ — काठमाडौँको कालीमाटी प्रहरी वृत्तमा भएको आगजनीले दुई भवनका ५८ कोठा जलेका छन्। प्रारम्भिक अनुमानअनुसार करिब एक करोड रुपैयाँभन्दा बढी क्षति भएको छ। स्थानीयबासीको पहलमा अहिले वृत्तको पुनर्निर्माण कार्य सुरु गरिएको छ।

जेन–जी आन्दोलनका क्रममा भएको प्रदर्शन तीव्र बन्दा केही असामाजिक तत्वहरूले प्रहरी वृत्तमा रहेको हातहतियार खोस्ने प्रयाससमेत गरेका थिए। प्रहरी प्रशासनले तत्कालीन सतर्कतासँगै सबै हातहतियार सुरक्षित राखेर टोलीसहित काठमाडौँ प्रहरी परिसरमा पुर्याउन सफल भएको थियो।

यस कार्यमा सबैभन्दा ठूलो योगदान नगर प्रहरी वृत्तका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठको ५० जनाको टोली र स्वयम्भू प्रहरी वृत्तका प्रहरी निरीक्षक जनक ढुङ्गानाको १५ जनाको टोलीले पुर्‍याएको प्रहरी स्रोतले जनाएको छ। यि प्रहरी टोलीको समयमा र समर्पित कार्यले कालीमाटी प्रहरी वृत्तका जीवनदायिनी हातहतियारहरू जोगाउन सफल भएको हो।

स्थानिय व्यापारीहरूको अनुसार, उक्त दिन फिल्डमा प्रहरी निरीक्षक शङ्कर श्रेष्ठको सक्रियता प्रशंसनीय रहेको थियो। उनका समन्वय र नेतृत्वका कारण वृत्तका हातहतियार सुरक्षित राख्न सकिएको बुझिएको छ।

अहिले कालीमाटी प्रहरी वृत्तको पुनर्निर्माण कार्य तीव्र गतिमा जारी छ। स्थानीय प्रशासन, प्रहरी कर्मचारी र समुदायले मिलेर आगलागीबाट प्रभावित प्रहरी वृत्तलाई पुनःसञ्चालनयोग्य बनाउन आवश्यक कदम चालिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय