सुरक्षा सरोकार । काठमाण्डौं — नेपाल प्रहरीको ३३औं महानिरीक्षक (आईजीपी) का लागि चार जना अतिरिक्त महानिरीक्षकबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। आठ जना एआईजी भए पनि चार जना मात्र भावी नेतृत्वका मुख्य दाबेदारका रूपमा अघि आएका छन्।

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ यही कात्तिक २६ गते अवकाशमा जान लागेपछि संगठनमा नयाँ आईजीपी चयनको दौड सुरु भएको हो।

आईजीपीका लागि प्रतिस्पर्धामा रहेका चार एआईजी हुन् — काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी दानबहादुर कार्की, मानव स्रोत साधन विभागका एआईजी राजन अधिकारी, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एआईजी डा. मनोज केसी र प्रहरी एकेडेमी महाराजगञ्जका एआईजी सिद्धिविक्रम शाह।

वरिष्ठताका हिसाबले कार्की पहिलो नम्बरमा रहेका छन्। तर दोस्रो बरियतामा रहेका एआईजी राजन अधिकारीले आफूलाई सक्षम र अब्बल दाबेदारका रूपमा प्रमाणित गर्न सक्रिय प्रयास गरिरहेका छन्। बौद्धिक र शालिन प्रहरी अधिकृतका रूपमा परिचित अधिकारीले आफ्नो सेवायात्रामा सदैव कर्तव्यनिष्ठ, अनुशासित र व्यावसायिक छवि कायम राख्दै आएका छन्।

रोचक पक्ष के छ भने, प्रहरी निरीक्षकको नियुक्ति र अमेरिकाको भिसा एकैपटक प्राप्त हुँदा पनि अधिकारीले विदेश जाने अवसर त्यागी मातृभूमिको सेवा रोजेका थिए। कानुनमा स्नातकोत्तर (एलएलएम) गर्दै उनले २०६७ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट गोल्डमेडल समेत प्राप्त गरेका छन्।

२०५४ सालमा प्रहरी निरीक्षकका रूपमा प्रवेश गरेका अधिकारी क्रमशः २०६६ मा नायब उपरीक्षक, २०७४ मा उपरीक्षक, २०७९ मा वरिष्ठ उपरीक्षक हुँदै २०८१ मा प्रहरी नायब महानिरीक्षकमा पदोन्नति भएका थिए। त्यसपछि २०८२ सालमै अतिरिक्त महानिरीक्षक बनेका उनले विभिन्न पदक र प्रशंसापत्र प्राप्त गरेका छन्।

अन्य दाबेदार एआईजीहरू पनि आफ्ना–आफ्नै क्षेत्र र अनुभवमा दक्ष मानिन्छन्। तर यसपटक सुशीला कार्की नेतृत्वको गैरराजनीतिक सरकारले निष्पक्ष निर्णय गर्ने अपेक्षा रहेको र सो सन्दर्भमा एआईजी राजन अधिकारी नै आईजीपी बन्ने सम्भावना उच्च देखिएको प्रहरी संगठनभित्र चर्चा चलिरहेको छ।

एआईजी राजन अधिकारी : इमानदार र जनमैत्री प्रहरी अधिकृत

नेपाल प्रहरीका एआईजी राजन अधिकारी इमानदारी, अनुशासन र सेवाभावका प्रतिमूर्तिका रूपमा परिचित छन्। रुकुमजस्ता दुर्गम ठाउँमा प्रहरी निरीक्षकका रूपमा सेवा आरम्भ गरेका उनले कठिन परिस्थितिमा पनि स्थानीय समुदायसँग सहकार्य गर्दै अपराध नियन्त्रण र जनविश्वास स्थापनामा महत्वपूर्ण भूमिका खेले।

डिएसपी हुदाँ बृत्त ठिमी (भक्तपुर) र ईप्रका दमक (झापा) मा प्रभावकारी कमाण्ड गरे। एसपीका रूपमा सुनसरी र सिन्धुपाल्चोकमा कार्यरत रहँदा कानून–व्यवस्था र नागरिक सहकार्यमा उल्लेखनीय सुधार ल्याए।

एसएसपी हुँदा उनले कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा तालिम प्रणालीलाई व्यवहारिक र प्रभावकारी बनाए। डिआईजीको रूपमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अपराध अनुसन्धान विभाग नक्सालमा रहेर अनुसन्धान संयन्त्रलाई प्रविधि–मैत्री र पेशेवर बनाउने नेतृत्व दिए।

हाल एआईजी अधिकारी नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग नक्सालमा कार्यरत छन्। उनी मिलनसार, कर्तव्यनिष्ठ र इमानदार प्रहरी अधिकृतका रूपमा परिचित छन्, जसको सेवा यात्रा नेपाल प्रहरीको गौरवपूर्ण अध्यायका रूपमा स्मरणीय रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय