नुवाकोट—  इलाका प्रहरी कार्यालय खरानीटार, नुवाकोटमा नयाँ कार्यालय प्रमुखका रूपमा प्रहरी निरीक्षक लोकराज पाठकले आईतवारदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।

पूर्व कार्यालय प्रमुख जयन्ती थापाको सरुवापछि अब खरानीटार क्षेत्रको सुरक्षाको जिम्मेवारी निरीक्षक पाठकले सम्हाल्ने भएका हुन्। उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंमा अनुसन्धान अधिकृतको रूपमा कार्यरत थिए।

पदभार ग्रहण कार्यक्रममा निरीक्षक पाठकले तादी, दुप्चेश्वरका सम्पूर्ण वडा र पञ्चकन्या गाउँपालिकाका वडा नं. १, २ र ३ मा पर्ने क्षेत्रको सुरक्षा व्यवस्थालाई सुरक्षित, अनुशासित र शान्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

उनले स्थानीय तह, समुदाय र नागरिकबीच जनसहयोग र समन्वयलाई प्राथमिकता दिँदै अपराध नियन्त्रण र कानून कार्यान्वयनमा प्रभावकारिता बढाउने लक्ष्य राखेको बताए।

प्रहरी निरीक्षक पाठकले आफ्ना सहकर्मी प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिँदै भने,

“मनोबल प्रहरीको आत्मा हो। यो आत्मालाई कमजोर हुन नदिन म एक अभिभावकको भूमिकामा रही सबैलाई सघाउने छु।”

यसैबीच, स्थानीय बासिन्दाले नयाँ प्रहरी प्रमुखको आगमनले खरानीटार क्षेत्रको सुरक्षात्मक वातावरण अझ सुदृढ र प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय