काठमाडौं । हालै सम्पन्न डीआइजी बढुवामा छुटेपछि नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) शारदा प्रसाद चौधरीले राजीनामा दिने तयारी गरेका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत चौधरीले लेखेका छन्, “जागिर छाड्ने विचार गर्दैछु।”

डीआइजी बढुवाका दाबेदारमध्ये चौधरी सबैभन्दा वरिष्ठ अधिकृत थिए। तर, उनी बढुवाबाट छुटे। यसअघि पनि उनी बढुवामा छुटेका थिए।

चौधरी राष्ट्रिय अनुसन्धान विभाग (एनआईडी) बाट नेपाल प्रहरीमा स्थानान्तरण भएका अधिकृत हुन्। उनका ब्याचका अधिकारीहरू अहिले एआईजीमा पुगेका छन् भने उनी अझै एसएसपीमै छन्। ब्याचका अधिकृतहरूमध्ये बढुवाबाट छुट्ने उनी एक्ला हुन्।

गत साता गृह मन्त्रालयले भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्लेलाई डीआइजीमा बढुवाको सिफारिस गरेको थियो।

त्यस्तै, अर्का वरिष्ठ एसएसपी विश्व अधिकारी पनि बढुवाबाट छुटाइएपछि आलोचना चुलिएको छ। आफ्ना गाउँले अवि नारायण काफ्लेलाई बढुवामा पार्न आइजिपी चन्द्रकुबेर खापुङले अधिकारीलाई छुटाएको आरोप समेत लागेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय