
काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले पदबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत रानाभाटले आज (बुधबार) प्रहरी प्रधान कार्यालय, नक्सालमा आफ्नो राजीनामा पत्र बुझाएका छन्।
रानाभाटले पारिवारिक कारण देखाउँदै राजीनामा दिएको बताए। “पारिवारिक कामले राजीनामा दिएको हुँ, अरू कुनै कारण छैन,” उनले भने।

प्रहरी प्रधान कार्यालयका एक स्रोतका अनुसार रानाभाटको राजीनामा पत्र स्वीकृत हुन बाँकी छ। कानुनी प्रक्रियाअनुसार उक्त राजीनामा प्रहरी महानिरीक्षक (आईजीपी) मार्फत गृह मन्त्रालय पठाइने व्यवस्था छ।
रानाभाट एसपीबाट एसएसपीमा बढुवा हुने क्रममा बरियतामा पहिलो नम्बरमा रहेका भए पनि उनी त्यो बेला बढुवाबाट वञ्चित भएका थिए।



