
सुरक्षा सरोकार — काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा हराएका वा लुटिएका सामान फिर्ता ल्याउन सार्वजनिक रूपमा आग्रह गरेको छ।
उक्त प्रदर्शनका क्रममा काठमाडौं उपत्यकाका विभिन्न ट्राफिक कार्यालयका अत्यावश्यक सामग्रीहरू जलेका वा लुटिएका थिए। ट्राफिक प्रहरीले अनुमान गरेको छ कि ल्यापटप, गोप्रो क्यामेरा, ड्रोन, बडी वर्न क्यामेरा, मोबाइल, ब्रेथलाइजर, लिडार गनजस्ता सामानहरू हराएका छन्।

एसपी/सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार, “ती सामानहरू अहिलेसम्म भेटिएका छैनन्। फिर्ता गर्दा कारबाही हुने डरले नल्याएको हुनसक्छ। तर हामी कारबाही गर्ने छैनौं। सामान फिर्ता ल्याइदिनुहोस्।”
उनले थपे, “बडी वर्न क्यामेरा र लिडार गनहरू महँगो हुने र सर्वसाधारणका लागि उपयोगी पनि हुँदैनन्। यी सामान सम्मानपूर्वक प्रहरीलाई बुझाउन सकिन्छ।



