काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परेका छन्। उनलाई आइतबार केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) को टोलीले पक्राउ गरेको हो।

घटनाको जरो सन् २०२२ डिसेम्बर २५ (२०७९ पुस १०) मा खोज्दा भेटिन्छ, जब फ्लाई दुबईको फ्लाइट नम्बर एफजेट–०५८७ मार्फत काठमाडौं आएका चिनियाँ नागरिक लि हानसङले ल्याएका दुई सुटकेसभित्र ठूलो मात्रामा अवैध सुन लुकाइएको फेला परेको थियो। ती सुटकेसमा ७३ वटा बट्टामा राखिएका ७३० थान भेपमार्फत करिब ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन नेपाल भित्र्याइएको थियो।

अनुसन्धानका क्रममा उक्त सुन भन्सारका नासु रेवन्त खड्का लगायतको मिलेमतोमा बेचिएको खुलेको थियो। सो सुन छुटाउनका लागि तत्कालीन सभामुख महराले भन्सारमा दबाब दिएको आरोप लागेको छ।

उक्त प्रकरणमा उनका छोरा राहलु महरा यसअघि नै पक्राउ परि कारागार चलान भइसकेका छन्। केही दिनअघि सीआईबीले कृष्णबहादुर महरासँग सो प्रकरणमा बयान लिएको थियो। बयानपछि अनुसन्धानको निष्कर्षका आधारमा उनलाई आज पक्राउ गरिएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय