काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ।

सुदन गुरुङलगायतको सक्रियतामा जेनजी आन्दोलन का क्रममा दमनकारी भूमिका निभाएको आरोप लगाउँदै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गर्न मागसहित मंगलबार जाहेरी दर्ता गराइएको थियो।

प्रहरीले उक्त जाहेरी दर्ता नगरी नै थप अनुसन्धानका लागि कार्की नेतृत्वको आयोगमा पठाएको जनाएको छ।

परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार जाहेरी लिइएर आयोगमा अनुसन्धानका लागि पठाइएको हो।

उनले भने, “हामीले जाहेरी लियौँ र जाँचबुझ आयोगमा पठायौँ। दर्ता नगरी आयोगको कार्यक्षेत्रमा पर्ने भएकाले त्यहाँ पठाइएको हो। पत्र यहाँबाट आयोगमा गइसकेको छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय