काठमाडौँ । सरकारले गृहसचिव गोकर्णमणि दुवाडीलाई सरुवा गरी नयाँ गृहसचिवमा रामेश्वर दंगाललाई नियुक्त गरेको छ। गृहसचिवका रूपमा दुवाडीको भूमिका विवादास्पद बनेपछि सरकारले उनको सरुवा गरेको हो। विशेषगरी तीनकुनेदेखि जेन–जी आन्दोलनसम्म गृह प्रशासनको भूमिका आलोचनाको घेरामा परेको थियो।

नयाँ नियुक्त दंगाल हालसम्म रक्षासचिवका रूपमा कार्यरत थिए। २०७८ माघमा सचिवमा बढुवा भएका उनी निजामती सेवामा तुलनात्मक रूपमा स्वच्छ छविका साथै निर्णय क्षमतायुक्त अधिकारीका रूपमा चिनिन्छन्।

दंगालले गृह मन्त्रालयमा उपसचिव र सहसचिव भएर करिब छ वर्ष काम गरिसकेका छन्। यस अवधिमा उनी धनकुटा र सल्यानका प्रमुख जिल्ला अधिकारीसमेत रहिसकेका छन्। सहसचिव हुँदा विपत् प्राधिकरणमा कार्यरत रहेका उनले गृह प्रशासनमा लामो अनुभव हासिल गरेका छन्।

सचिवमा बढुवा भएपछि दंगाल राजस्व सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव हुँदै रक्षासचिवका रूपमा कार्यरत थिए। उनी निजामती सेवामा एक काबिल र दक्ष सचिवका रूपमा परिचित छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय