काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपालका २७ कारागार र ९ बालसुधारगृहबाट कैदीबन्दी फरार भएका छन्।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार ती कारागारबाट कुल २९ हजार २१२ कैदीमध्ये १३ हजार ५९१ जना फरार भएका थिए। यस्तै, नौवटा बालसुधारगृहबाट १ हजार ४२२ मध्ये ९६४ जना बालसुधारगृहका कैदी फरार भएका थिए।

फरार भएका कैदीहरू झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नक्खु, जगन्नाथदेवल, डिल्लीबजार, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, कपिलवस्तु, तुलसीपुर, नौबस्ता, रुकुमपूर्व, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतली, डडेलधुरा र कञ्चनपुरबाट भागेका थिए। बालसुधारगृहका फरार कैदीहरू मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयन्डु, नौबस्ता र डोटीबाट भागेका थिए।

निर्देशक न्यौपानेका अनुसार अहिलेसम्म कारागारबाट फरार भएकामध्ये ५ हजार ४९५ र बालसुधारगृहबाट फरार भएकामध्ये २४४ कैदी फिर्ता भइसकेका छन्। विभागले अझै ८ हजार ८१६ कैदी फरार रहेको र खोजी कार्य जारी रहेको जनाएको छ। नेपाल प्रहरीको हिरासतमा रहेका फरार कैदीहरूको खोजी पनि जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय