
काठमाडौँ । गृह मन्त्रालयले जेनजी प्रदर्शनपछिको परिस्थितिलाई मध्यनजर गर्दै नागरिकका गुनासो, सुझाव र जानकारीको लागि सहायता कक्ष स्थापना गरेको छ।
सहायता कक्षमार्फत नागरिकहरूले मोबाइल नं. ९८५१३६०६०३ मा फोन, एसएमएस, ह्वाट्सएप वा भाइबरबाट आफ्नो सूचना, गुनासो वा सुझाव पठाउन सक्नेछन्।

मन्त्रालयले यस पहलबाट प्रदर्शनका क्रममा भएका घटना र त्यसपछिका समस्याहरूको समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।



