
सुरक्षा सरोकार— नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार गृहमन्त्रालयमा पदभार ग्रहण गरेका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्। उक्त कार्यक्रममा उच्च प्रशासनिक अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा मन्त्रालयका कर्मचारीहरूको उपस्थिति थियो




