
सुरक्षा सरोकार । जिल्ला प्रहरी परिसर काठमाडौंको अपरेशन कमाण्डरमा एसपी पवन भट्टराई नियुक्त भएका छन्। गत वैशाखमा मात्रै जिल्ला प्रहरी कार्यालय पाल्पाको कमाण्ड सम्हालेका उनीलाई राजधानीमा झिकेर परिसरको अपरेशन कमाण्डरको जिम्मेवारी दिइएको हो। पाल्पामा भने अर्का एसपी दीपेन्द्र पञ्जियार थारुलाई पठाइएको छ।
यसअघि पनि लामो समय काठमाडौंकै अपरेशन कमाण्डर बनेर काम गरिसकेका भट्टराईलाई राजधानी अपरेशनतर्फ अनुभवी प्रहरी अधिकारी मानिन्छ। हालै जेनजी आन्दोलनका कारण उपत्यकाका प्रहरी संरचना प्रभावित भएपछि आठ वटा सेक्टर बनाएर सुदृढिकरणको काम सुरु गरिएको छ। यी सबै सेक्टरको नेतृत्व एसपीहरूले गर्ने व्यवस्था गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

नयाँ संरचना अनुसार,
- एसपी दीपक श्रेष्ठ : कालिमाटी, कीर्तिपुर र थानकोट सेक्टर
- एसपी रुगम कुँवर : बानेश्वर र सिंहदरबार सेक्टर
- एसपी कवित कटुवाल : सातदोबाटो सेक्टर
- एसपी रामेश्वर पौडेल : दरबारमार्ग, जनसेवा र सोह्रखुट्टे सेक्टर
- एसपी डीबी मल्ल : बालाजु र स्वयंभू सेक्टर
- एसपी केशव भट्टराई : गौशाला र बौद्ध सेक्टर
- एसपी बालनरसिंह राणा : महाराजगञ्ज र मालिगाउँ सेक्टर
प्रहरी प्रधान कार्यालयका अनुसार, यी सबै अपरेशन कमाण्डरहरूले आफ्नो क्षेत्रको सुरक्षा सुदृढिकरण, समन्वय र परिचालन कार्यलाई प्रभावकारी बनाउने जिम्मेवारी पाउनेछन्।



