काठमाडौं । आन्दोलनको क्रममा देशभर प्रहरी तथा सरकारी कार्यालयमाथि आक्रमण बढिरहेका संवेदनशील परिस्थितिमा सर्वोच्च अदालत मातहतका फैसला कार्यान्वयन निर्देशनालय तथा वैदेशिक रोजगार न्यायाधिकरण सुरक्षित रहन सफल भएको छ। यसमा प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) सन्तोष कुमार यादवको अदम्य साहस निर्णायक बनेको छ।

निर्देशनालयस्थित कार्यालय नजिकै बायाँतर्फ सडक विभाग र महालेखा परीक्षकको कार्यालय, दायाँतर्फ सिंहदरबार जलेर खरानी भइरहेका बेला पनि यादवले आफ्नो कार्यक्षेत्रलाई सुरक्षित राख्न सफल हुनुभयो।

उच्च कमाण्डबाट सुरक्षाकर्मीलाई सुरक्षित स्थानतर्फ फर्कन निर्देशन दिइएपछि अधिकांश प्रहरी आफ्नो गन्तव्यतर्फ लागे। तर यादवले भने आन्दोलनकारीहरूसँग निरन्तर संवाद र समन्वय गर्दै अन्तिम क्षणसम्म जिम्मेवारीमा अडिग रहनुभयो। उहाँको दृढता र साहसका कारण कार्यालयमा कुनै भौतिक क्षति, तोडफोड वा आगजनी हुन पाएन।

स्थानीयहरूले समेत यादवको बहादुरीको खुलेर प्रशंसा गरेका छन्। एक स्थानीयले भने, “नेपाल प्रहरीका योद्धा यादवले देखाउनुभएको आत्मसमर्पण र साहस संगठनकै लागि गौरवको विषय हो।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय